आशिका तामाङ २० हजार धरौटीमा रिहा

आशिका तामाङ २० हजार धरौटीमा रिहा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । अभियन्ता बताउने आशिका तामाङ धरौटीमा रिहा भएकी छन्।

आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत भक्तपुरले तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । माघ २ गते प्रहरी वृत्त गौशालाले उनलाई अभद्र व्यवहार गरेको कसुरमा पक्राउ गरेको थियो। प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो।

त्यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनलाई माघ १४ गते १० हजार धरौटी माग गरी रिहा गर्न आदेश दिएको थियो। तर भक्तपुरमा सूर्यविनायक नगरपालिकाले बनाएको झोलुंगे पुलको बोर्ड बिगारेको कसुरमा अनुसन्धान गर्न परिसरको हिरासतमा राखिएको थियो।

शुक्रबार अदालतमा पेस गर्दा उनीसँग धरौटी माग गरिएको हो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय