एमालेले बोलायो सचिवालय बैठक, वामदेवबारे के गर्ला निर्णय ?

एमालेले बोलायो सचिवालय बैठक, वामदेवबारे के गर्ला निर्णय ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्ने गरी बोलाइएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ । पुस तेस्रो साता एमाले केन्द्रीय कमिटी बैठक बसेको थियो ।

सचिवालय बैठकले एमालेमा प्रवेश गर्न लागेका नेता वामदेव गौतमलाई दिने जिम्मेवारीका विषयमा पनि छलफल गर्नेछ । यसअघि एकीकृत समाजवादीमा जाने सुर गरेका गौतमसँग प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेपछि एमालेमै फर्किन तयार भएका हुन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय