रास्वपा सचिवालयको आकस्मिक बैठक बस्दै

रास्वपा सचिवालयको आकस्मिक बैठक बस्दै

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक सचिवालय वैठक बस्दैछ ।

सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको हो । बैठक आज साँझ ४ बजे भर्चुअल माध्यमबाट बस्ने उपाध्यक्ष डीपी अर्यालले जानकारी दिएका ।

कतिपय नेताहरू उपत्यका बाहिर रहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको उनले जानकारी दिए । बैठकले रास्वपाको कार्यवाहक सभापति तोक्नेछ । कार्यवाहक सभापति उपाध्यक्ष अर्याललाई नै तोक्ने अनौपचारिक समझदारी रास्वपामा बनेको नेताहरूले बताएका छन् । यसअघि नागरिकता विवादका कारण रविको सांसद र सभापतिको पद गएपछि पनि अर्याल नै कार्यवाहक सभापति बनेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय