एनपिएल : चितवन राइनोज विराटनगर किङ्ससँग ५१ रनले पराजित

एनपिएल : चितवन राइनोज विराटनगर किङ्ससँग ५१ रनले पराजित

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

चितवन राइनोज बिराटनगर किङ्ससँग ५१ रनले पराजित भएको छ।

शुक्रबारको दोस्रो खेलमा त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा बिराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन माब बनाउन सक्यो। 

यसअघि पहिलो इनिङ्समा विराटनगर किङ्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा १८१ को प्रतिस्पर्धात्मक स्कोर बनाउँदै १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

बसीर अहमदले ४४ बलमा ६८ रन बनाए, जसमा ४ चौका र ४ छक्का समावेश थियो। उनले १५४.५४ को स्ट्राइक रेटमा प्रभावशाली प्रदर्शन गरे।

राजेश पुलामीले मात्र २० बलमा ३३ रन बनाएर टोलीलाई राम्रो अन्त्य प्रदान गरे। उनको इनिङ्समा १ चौका र ३ छक्का समावेश थिए।

चितवनका सोहेल तनवीर ले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए। रिजन ढकालले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ४० रन दिएर २ विकेट झारे।

विराटनगरको इनिङ्सको अन्तिम पाँच ओभरमा ७४ रन बन्यो। जसले उनीहरूको स्कोरलाई बलियो बनाएको हो। चितवन राइनोजका बलरहरूले सुरुमा राम्रो प्रदर्शन गरे पनि अन्त्यतिर रन रोक्न असफल रहे।
 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय