गृहमन्त्री लेखकको कार्यकालमा रविमाथि तानाशाही व्यवहार हुनु दुर्भाग्यपूर्ण : कांग्रेस सांसद शर्मा

गृहमन्त्री लेखकको कार्यकालमा रविमाथि तानाशाही व्यवहार हुनु दुर्भाग्यपूर्ण : कांग्रेस सांसद शर्मा

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लामो समयदेखि राज्य नियन्त्रित प्रहरी हिरासतमा राखेर भइरहेको अनुसन्धानप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अनुसन्धानलाई निष्पक्ष र छिटो सम्पन्न गरी न्यायालयमार्फत न्यायिक प्रक्रिया अघि बढाउनुपर्ने समेत बताए ।

कुनै पनि व्यक्तिलाई अनुसन्धानको नाममा अनावश्यक धरपकड गर्ने,बिरामी हुँदा पनि अस्पताल जान नदिने, उपचार पाउने नागरिक अधिकारमा बन्देज लगाउने र मानसिक तनाव दिने जस्ता कार्य स्वीकार्य हुन नसक्ने पनि उनले बताए ।

सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई लामो समयदेखि राज्य नियन्त्रित प्रहरी हिरासतमा राखी अनुसन्धान भई रहेको सन्दर्भमा मेरो ध्यानाकर्षण भएको छ । कुनै पनि व्यक्तिलाई अनुसन्धानको नाममा धरपकड गर्ने, विरामी हुँदा पनि अस्पतालसम्म जान नदिने, उपचार पाउनु पर्ने नागरिकको हकमा बन्देज गर्ने, अनुसन्धानको नाममा मानसिक तनाव दिने, दुर्व्यवहार गरी मानव अधिकार उल्लङ्घन गर्ने जस्ता कार्य निन्दनीय तथा खेदजनक छन्। नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री हुनु भएको अवस्थामा पनि तानाशाही तवरबाट रवि लामिछानेलाई गरिएको वर्तावको भर्त्सना गर्दछु। अनुसन्धानलाई जतिसक्दो चाँडो पुरा गरी न्यायालयमार्फत न्यायिक निरूपण हुनु पर्ने र न्यायालयको फैसलालाई सवैले सम्मान गर्नुपर्ने यथार्थमा नाटकीय ढंगबाट प्रहरी हिरासतको श्रृङ्खलाले सवैलाई शशङ्कित पारेको छ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय