टिकटकबाट गायब भयो आयुष र एलिजेको अकाउन्ट

टिकटकबाट गायब भयो आयुष र एलिजेको अकाउन्ट

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सामाजिक सञ्जाल टिकटकमा ट्रोलको शिकार बनेपछि टिकटकर जोडी आयुषसिंह ठकुरी र एलिजे जमालीको अकाउन्ट गायब भएको छ ।

सोमबार बिहानदेखि एकाएक आयुष र एलिजेको टिकटक अकाउन्ट देखिन छोडेको हो ।

पाकिस्तानी मूलकी एलिजे जमालीको टिकटक अकाउन्टमा २२ लाख बढी फलोअर थिए । त्यस्तै नेपाली युवक आयुषको टिकटकमा भने १३ लाख फलोअर थिए । अहिले उनीहरूको युजरनेम हेर्दा उक्त पेज उपलब्ध नभएको सङ्केत देखिन्छ । उनीहरू आफैले अस्थायी रूपमा अकाउन्ट हटाएका हुन् वा टिकटकले नै प्रतिबन्ध लगाएको हो भन्ने कुरा खुलिसकेको छैन ।

आयुषले आफनी आमालाई अस्वाभाविक अभिव्यक्ति दिएका थिए । त्यसपश्चात उनी ट्रोलको सिकार भएका थिए । पछि अलिजेले नेपालीलाई गाली गरेपछि अलिजेविरुद्ध मुद्धा परेको बुझिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय