अभिनेता पल शाहले विवाह गर्न लागेको हल्ला यतिबेला सिने नगरीमा ब्याप्त छ ।
केहीले सञ्चारमाध्यमले माघमा उनको विहे हुन लागेको भनेर समाचार नै बनाएका छन् ।
यस विषयमा मुख खोल्दै पलले समाचारको खण्डन गरेका छन् । बिहेको खबरले आफैं चकित परेको उनको भनाइ छ ।
सामाजिक सञ्जालमा पलले लेखेका छन्, ‘मेरो विहेको खबरले म आफैँ चकित छु । साथी भाईहरुले गर्नु भएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरुलाई स्पष्ट होस यो खबरमा कुनै सत्यता छैन ।’


