‘पुष्पा २’ को विशेष शोमा भागदौड, एक जनाको मृत्यु, २ घाइते

‘पुष्पा २’ को विशेष शोमा भागदौड, एक जनाको मृत्यु, २ घाइते

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ आजबाट रिलिज भएको छ ।

रिलिज हुनु अघि डिसेम्बर ४ मा फिल्म पुष्प २ को बेनिफिट शो आन्ध्र प्रदेश र तेलंगानामा देखाइएको थियो।

चिक्कडपल्ली हैदरावादको सन्ध्या थिएटरमा एक बेनिफिट कार्यक्रम पनि आयोजना गरिएको थियो। फिल्मका नायक अल्लु अर्जुन पनि यहाँ पुगेका थिए । उनलाई हेर्न फ्यानहरुको भीड लागेको थियो ।

जहाँ अल्लु अर्जुनलाई हेर्न आएका दर्शकको भीडमा अचानक भागदौड हुँदा एक महिलाको मृत्यु भएको छ। दुई जना अन्य व्यक्ति घाइते भएका छन्।

मृतक महिलाको नाम रेवती बताइएको छ। एक प्रहरी अधिकारीका अनुसार उनी एक बच्चालाई बचाउने प्रयास गरिरहेकी थिइन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार दुई अन्य घाइते व्यक्तिलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुन र रश्मिकासहित फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय