काठमाडौं । बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा भएको सरकारी गाडी रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको भएको खुलेको छ ।
उक्त गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खसेकाे थियाे ।
शुक्रबार बिहान बागलुङ बजारदेखि रूकुम जाँदै गरेको जिप गलकोट नगरपालिका-२ भुङ्खानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी ऋषिराम कँडेलले जानकारी दिए । मृतक सबैकाे सनाखद हुन सकेकाे छैन । दुर्घटनामा एक जना घाइते भएका छन् ।





