पहिरो खस्दा चार जना घाइते, दर्जनौँ पशु च्यापिए

पहिरो खस्दा चार जना घाइते, दर्जनौँ पशु च्यापिए

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । बाजुरा जिल्लाको हिमाली गाउँपालिका ३ बौडीस्थित गोरुखर्कमा पहिरो जाँदा चार जना घाइते भएका छन् ।

शनिबार बिहान ९ बजेतिर वर्षासँगै पहिरो खसेपछि चार जना घाइते भएका हुन् । पहिरोमा परि दर्जनौं पशुचौपाय पुरिएका छन् ।

गोरुखर्कमा ३० परिवार बस्दै आएका छन् । घाइतेको उद्धारका लागि पहल भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उक्त ठाउँमा प्रहरीको टोली गइसकेको छ ।

चार जना घाइते र पशु चौपाया पहिरोमा पुरीएको जानकारी आएको भए पनि एकीन विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

जिल्ला सदरमुकाम मार्तडीबाट पूर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका वडा ३ पुग्ने पेदोलबाट चार दिन लाग्ने गर्छ । उक्त ठाउँमा यातायातको साधनहरु केही पनि सञ्चालनमा रहेका छैनन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय