राप्ती गाउँपालिका–८ का वडाध्यक्ष नै गए वैदेशिक रोजगारीमा

राप्ती गाउँपालिका–८ का वडाध्यक्ष नै गए वैदेशिक रोजगारीमा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

२०७९ को स्थानीय चुनावअघि कार्यालय सहयोगी रहेका चन्द्रबहादुर गुरुङ चुनावपछि सोही वडाको अध्यक्ष बने ।

दाङको राप्ती गाउँपालिका–८ को वडाध्यक्ष सम्हालेको तीन वर्ष नपुग्दै उनी रोजगारीका लागि विदेश गएका छन् । वडा सदस्य चम्फा पुनलाई साउन १७ गते कार्यवाहक अध्यक्षको जिम्मेवारी दिंदै गुरुङ बेलायत गएका हुन् ।

कार्यवाहक दिइएको पत्रमा उनले विशेष कामले विदेश जान लागेको उल्लेख गरेको भए पनि कहिलेसम्म भनेर खुलाएका छैनन् ।

परिवारले दिएको जानकारी अनुसार ऋण बढेपछि उनी बेलायत गएका हुन् । स्थानीय तहको चुनावी खर्च र बिरामी आमालाई उपचार गर्दा ऋण लागेको उनको परिवारले जनाएको छ । ऋणको ब्याज बढेर ५० लाखको हाराहारी पुग्न थालेपछि गुरुङ साउन २० गते बेलायत उडे ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार वडाध्यक्ष गुरुङ विदेश गएकोबारे पालिकालाई औपचारिक पत्रबाट जानकारी गराइएको छैन ।

गाउँपालिका अध्यक्ष विष्टले उनी विदेश जान लागेको हल्ला पहिले नै सुनेका थिए । साउन १६ गतेको कार्यपालिका बैठकमा अध्यक्ष विष्टले त्यसबारे वडाध्यक्ष गुरुङसँग सोधेका पनि थिए । ‘घरासयी ऋण धेरै छ । ऋण तिर्न बाहिर जान लागेको कुरा भन्नु भएको थियोे,’ विष्टले भने, ‘हामीले आफ्नो कार्यकाल पूरा गरेर जान सम्झाएका थियौं । पछि उहाँ विदेश गएको खबर पायौं ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय