पुनम यादवलाइ पशुपति कोटीहोममा बाजा गाजा सहित भव्य सम्मान

पुनम यादवलाइ पशुपति कोटीहोममा बाजा गाजा सहित भव्य सम्मान

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

हिन्दु सनातन धर्म पुन स्थापित गर्न लागिपरेकी पुनम यादवलाइ पशुपति कोटीहोममा बाजा गाजा सहित भव्य स्वागत गरिएको छ।

कट्टर मुस्लिमको देश दुवईमा हिन्दु सनातान धर्मको प्रचार प्रसार गरेर इतिहास रचेकी पुनम यादव आयोजकको बिशेष निमन्त्रणामा कोटीहोममा उपस्थित भएकी हुन्। उक्त कार्यक्रममा उनलाई मायाको चिनो पनि हस्तान्तरण गरियो।

हाम्रो देश नेपाल पाहिला हिन्दु सनातन रहेकाले, खोसिएको उक्त विरासत फेरी कायम गर्नुपर्छ भनेर पुनमले उक्त कार्यक्रममा दमदार भाषण पनि गरिन।

सबै देशका व्यक्तिहरुले आफ्नो धर्मप्रति गर्व गर्छन तर हामीले हाम्रो धर्मलाइ किन नबचाउने ? किन आफ्नो धर्मप्रति गर्व नगर्ने ? भनेर सबैलाई प्रस्न समेत गरेकी छन्। नेपाललाई हिन्दु राष्ट्र कायम गर्नु पर्छ भनेर अगाडी बढेकी पुनम पहिला कट्टर कम्युनिस्ट थिइन्।

नेपाललाइ हिन्दु राष्ट्र कायम गर्नुपर्छ भनेर लागिपरेकी पुनम यादव आफ्नो अभियानमा सफल हुने हुन् कि पछि हट्ने हुन् त्यो भने समयले बताउला। दर्शक बृन्द पुनमले उठाएको यो मुद्धालाई तपाइले कसरी लिनुहुन्छ। प्रतिक्रिया दिनुहोला।

भिडियो हेर्नुहोस:

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय