नेपाली कांग्रेसको भवन बनाउन बडिगाड गाउँपालिकाले विनियोजन गर्यो १५ लाख

नेपाली कांग्रेसको भवन बनाउन बडिगाड गाउँपालिकाले विनियोजन गर्यो १५ लाख

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड । बागलुङको बडिगाड गाउँपालिकाले बागलुङमा बन्दै गरेको नेपाली कांग्रेसको पार्टी भवन (बीपी स्मृति) निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पुस १७ गते बसेको कार्यापालिका बैठकले विपी स्मृति भवन निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको बडिगाड गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष खड्क पुनले न्यूज खरीलाई जानकारी दिए ।

‘गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले १५ लाख रुपैयाँ वीपी स्मृति भवनका लागि बजेट छुट्याउनु पर्यो भन्दै प्रस्ताव गर्नुभएको थियो,’ उनले भने, ‘केही साथीहरुले आवज उठाएपनि वीपी देशको नेता भएकाले समर्थन गर्यौं ।’

पुस १७ गते बसेको कार्यापालिकाको बैठकबाट बजेट दिने प्रस्ताव पारित भएको र १८ गतेको गाउँसभाले अनुमोदन गरेको गाउँपालिकाका लेखा अधिकृत डिल्ली आचार्यले जानकारी दिए । बजेट पारित भएपनि हालसम्म भूक्तानी नदिइएको लेखा अधिकृत आचार्यको भनाइ छ ।

यता, तमानखोला गाउँपालिकामा वीपी स्मृति भवनका लागि १४ लाख रकम छुट्याइएपछि विपक्षीले आन्दोलन घोषणा गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय