बडिगाड खोलामा मृत भेटिएकी महिलाको परिचय खुल्यो

बडिगाड खोलामा मृत भेटिएकी महिलाको परिचय खुल्यो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका-२ खल्टुबोटस्थित बडिगाड खोलामा मृत अवस्थामा फेला परेकी महिलाको परिचय खुलेको छ ।

तमानखोला गाउँपालिका -५ घर भइ हाल ढोरपाटन नगरपालिका -१ बुर्तिबाङमा बस्दै आएकी अन्दाजी ४० वर्षीया धनसरा विकको शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।उनका अनुसार मंगलबार बिहान बडिगाड खाेलामा महिलाकाे शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खोलामा फेला परेको महिलाको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । मृतकका श्रीमान् शिव श्रीपालीका अनुसार मर्निङवाक जान्छु भनि धनसरा बिहान घरबाट निस्केकी थिइन् । धनसराको एक छोरा र छोरी  छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजकुमार विकको भनाइ छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय