बडिगाड खोलामा महिलाको शव फेला

बडिगाड खोलामा महिलाको शव फेला

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । बागलुङको बडिगाड खोलामा एक महिलाको शव फेला परेको छ । मंगलबार (आज) बिहान ८ बजे ढोरपाटन नगरपालिका २ खोल्टुबोट नजिकै बडिगाड खोलामा अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको हो ।

‘बिहान खोलामा शव देखेपछि स्थानीयहरुले हामीलाई खबर गर्नुभएको हो,’ इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकले न्यूज खरीलाई भने, ‘अहिले खोलाबाट शव निकालेर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने तयारी भएको छ ।’ उनका अनुसार ती महिलाको शव पहिचान अहिलेसम्म हुन सकेको छैन ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय