गुल्मीमा जंगली च्याउ खाँदा ३ जना बिरामी

गुल्मीमा जंगली च्याउ खाँदा ३ जना बिरामी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी, गुुल्मी । गुल्मीमा जंगली च्याउ सेवन गर्दा ३ जना बिरामी परेका छन् । जिल्लाको ईस्मा गाउँपालिका ६ बुल्मका ३९ वर्षीय सरिता कुमाल सोही ठाउँका ११ वर्षीय बिमल कुमाल र ८ वर्षीय सुस्मा कुमाल जंगली च्याउ खाँदा बिरामी परेका हुन् ।

जंगली च्याउ खाई बिरामी भएका उनीहरु तिनै जनालाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

घाईते तिनै जनाको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय