एकै परिवारका ४ जनाको हत्या प्रकरण : कुकुरसहितको प्रहरी टोली घटनास्थलमा

एकै परिवारका ४ जनाको हत्या प्रकरण : कुकुरसहितको प्रहरी टोली घटनास्थलमा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

मुगुमा भएकाे एकै परिवारका चार जनाको हत्या घटना अनुसन्धानका लागि कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरी तालिम केन्द्र नेपालगन्जबाट अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली शनिबार बिहान घटनास्थल पुगेको हो।

नेपालगन्जबाट प्रहरीको फरेन्सिक टोली मुगु पुगेपछि आजदेखि अनुसन्धान गर्ने र हत्या गरिएका एकै परिवारका चार जनाको शव उठाउने तयारी गरिएको छ।

घटनामा संलग्न भएको आशंकामा शुक्रबार (१० कात्तिक) देखि घटनास्थललाई सुरक्षित राखेर केही व्यक्तिलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ।

मुगुको छायानाथरारा नगरपालिका–६ मन्दुका श्रीदेवी बोहरासहित उनका तीनजना छोराछोरीको हत्या भएको अवस्थामा शुक्रबार शव फेला परेको थियो। शुक्रबार बिहान ९ बजे फेला परेको ४ जनाको शव अझै घटनास्थलमै छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार र ढुंगा प्रहार गरी हत्या आमा र तीन छोराछोरीको हत्या भएको आशंका प्रहरीले गरेको छ। आन्तरिक रिसइबीको कारण उनीहरुको हत्या भएको हुनसक्ने मुगुका डीएसपी वीरेन्द्र थापाले बताएका छन्।

केही व्यक्ति हत्यामा संलग्न भएको आशंका गरिएको र उनीहरूको निगरानीमा सादा पोसाकका प्रहरी खटाइएको थापाले बताए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय