बागलुङमा ग्याङ फाइट ६ जना घाइते, ३ पक्राउ

बागलुङमा ग्याङ फाइट ६ जना घाइते, ३ पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङको जैमिनीमा सोमबार बेलुका दुई समूहबीच झडप हुँदा ६ युवा घाइते भएका छन्। जैमिनी नगरपालिका-२ पौखराचौरमा भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा वडा नम्बर २ र ९ का युवाबीच झगडा र कुटपिट हुँदा ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए।

झडपमा जैमिनी ९ का २५ वर्षीय डबल राना, २२ वर्षीय महेन्द्र थापा  र २८ वर्षीय दिपु राना, २३ वर्षीय दिपु थापा, जैमिनी-१ का ५० वर्षीय विष्णु थापा र जैमिनी-२ का २७ वर्षीय सुनिल परियार घाइते भएको डीएसपी केसीले बताए  विष्णु र सुनिल उपचारपछि डिस्चार्ज भएको र अरु ४ घाइतेलाई थप उपचारका लागी पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ। घाइतेहरूको पेट, हात, खुट्टा र मुखमा चोट लागेको छ। घाइते महेन्द्रको पेटमा चोट लागेको र अवस्था गम्भीर रहेको डीएसपी केसीले बताए।

प्रहरी मंगलबार बिहान घटनामा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। वडा नम्बर २ का सुनिल परियार, कलबहादुर थापा र अनिल परियारलाई पक्राउ गरिएको डीएसपी केसीले बताए। उनले घटबाको थप अनुसन्धान भइरहेको बताए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय