राष्ट्रपतिबाट आममाफी पाएको १ महिना नहुँदै महिलाको हत्या गरे लोकबहादुरले

राष्ट्रपतिबाट आममाफी पाएको १ महिना नहुँदै महिलाको हत्या गरे लोकबहादुरले

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

रुकुम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगाको सत्कार होटेलमा महिला मृत फेला परेको घटनामा संलग्न भएको भन्दै प्रहरीले बुधबार एक पुरुषलाई सार्वजनिक गर्यो ।

प्रहरीले मुसिकोट नगरपालिका वडा नम्बर ७ साँखकी २८ वर्षिया भावना विकको हत्यामा संलग्न भएको भन्दै प्रहरीले सानीभेरी गाउँपालिका ३ घर भई हाल सानीभेरी गाउँपालिका वडा नम्बर ९ बस्ने लोकेन्द्र विक भनिने लोकबहादुर बिकलाई सार्वजनिक गरेको छ ।

उनले हत्या गरेको स्वीकार गरेको समेत जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । उनलाई आफैले सञ्चालन गरेको सिम्लीको होटेलबाट प्रहरीले हिजो पक्राउ गरेको थियो । लोकबहादुर यसअघि नै कारागार चलान भइसकेका व्यक्ति हुन् । उनी बहुविवाहको मुद्दामा दोषी करार हुँदै ११ महिनाका लागि कारागार चलान भएका थिए ।

तर उनले ६ महिना कैद भुक्तान गर्दै गत असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद सजाय मिनाहा भएपछि रिहा भएका थिए । भावना र लोकबहादुरका बिचमा कारागारमै समेत भेट भएको प्रहरीले खुलाएको छ । भावना लोकबहादुरलाई भेट्न २ पटक जिल्ला कारागार पुगेको पाइएको पनि डिएसपी भट्टराईले जानकारी गराउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय