गुल्मीको मुसिकोट नगरपालिकाका मेयर र प्रमुख प्रशाशकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

गुल्मीको मुसिकोट नगरपालिकाका मेयर र प्रमुख प्रशाशकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशाशकीय अधिकृतको कार्यकक्षमा युवा संघ र नेपाल तरुण दलका युवाहरुले तालाबन्दी गरेका छन् ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरुको पेन डाउनका कारण नगरपालिकाको प्रशाशनिक कार्य अस्तव्यस्त बनेको र राहतका कर्मचारीहरुले समेत काम नगर्दा सेवाग्राहीले सास्ती भोग्नु परेको भन्दै तालाबन्दी गर्नुपरेको युवा संघ नेपाल गुल्मी जिल्ला ईन्चार्ज बसन्त अधिकारीले बताउनुभयो ।

युवा संघ र तरुण दलले संयुक्त रुपमा ६ बुँदे माग राख्दै तालाबन्दी गरेका हुन् । उनीहरुले नेपालीहरुको महान पर्व विजया दशमी नजिकिँदै जाँदा सामाजिक सुरक्षा भत्ता, शिक्षक तथा कर्मचारीको तलब वितरण कार्यमा ढिलाई भएको भन्दै त्यसतर्फ आवश्यक कदम चालि तत्कालै काम सुचारु गर्न नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

नेपाल तरुण दल मुसिकोट नगर कार्यसमिति सभापति भिम पाण्डेले आफुहरुले राखेका ६ बुँदे माग कार्यान्वयन नभएसम्म तालाबन्दी यथावत राख्ने बताउनुभयो ।

यस्ता छन् ६ बुँदे माग

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय