गुल्मीमा आईएमई तोडफोड गरी चोरीको प्रयास

गुल्मीमा आईएमई तोडफोड गरी चोरीको प्रयास

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

प्रेम सुनार, गुल्मी । गुल्मीको इन्द्रेगौडा बजारको एक पसलमा एक जना अज्ञात ब्याक्तीबाट चोरी गर्ने प्रयास भएको स्थानीयबासीले जनाएका छ्न ।

मुसिकोट नगरपालिका –५ इन्द्रेगौडा बजारमा रहेको रमेशचन्द्र खरेलको मालिका आईएमई मनिट्रन्सफर रहेको पसल तोडफोड गरि चोर भित्र पस्ने क्रममा आफुले देखेपछी एक ब्यक्ती भागेको स्थानिय ब्यबसायी गोकर्ण पन्थीले जानकारी दिनु भयो ।

रातिको करिव १. बजे र ३५ मिनेट जाद एक जना अपरिचित युवा उमेरको मानिस कटरले आलमुनितमको ढोका फोडेर बाल्टी हातमा लिई भित्र पस्दै थियो । हल्खल्ला पछि रमेश सर पनि निस्किनु भयो , त्यस पछि त्यो मान्छे भाग्यो ।

त्यस ब्यक्ती राती ११ बजे देखि वारिपारी गरिरहेको , ठुलै फ्लाम काट्न सक्ने कटर हातमा बोकेको र पेशेबर चोर लाग्ने पन्थीको भनाई छ । स्थानियले इन्द्रेगौडा अस्थायी प्रहरी पोष्टमा जानकारी गराएको बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय