इन्डियन आइडलमा नेपालकी मेनुकाले जितिन् ‘गोल्डेन माइक’

इन्डियन आइडलमा नेपालकी मेनुकाले जितिन् ‘गोल्डेन माइक’

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाणडाै । नेपालकी मेनुका पौडेलले भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ मा आफ्नो प्रस्तुति दिएकी छन्।

उनले ‘तुम्हारे बिना हमारे कोनो नहीँ’ बोलको गीत गाएकी थिइन्। उनले गीत गाउँदा शोका निर्णायक कुमार सानु, विशाल ददलानी र श्रेया घोषाल भावुक भएका थिए।

तीनै जना निर्णायकबाट ‘स्ट्यान्डिङ ओभेसन’ पाएकी मेनुकाले ‘गोल्डेन माइक’ समेत जितेकी छन्। उनको प्रस्तुतिले यतिबेला सामाजिक सञ्जालमा तारिफ बटुलिरहेको छ।

मेनुकाले ‘नेपाल आइडल’ र भारतको रियालिटी शो ‘सारेगमप’ मा पनि भाग लिएकी थिइन्। उनी ‘सारेगमप’ को टप ११ बाट बाहिरिएकी थिइन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय