गुल्मीमा ट्रिपर दुर्घटना एकजना घाईते

गुल्मीमा ट्रिपर दुर्घटना एकजना घाईते

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा ट्रिपर दुर्घटना एकजना घाईते भएका छन् ।

शनिवार जिल्लाको रेसुंगा नगरपालिका ९ उपल्लो तम्घासमा बा.३ क. १७९९ नम्बरको ट्रिपर दुर्घटना हुँदा चालक रुपन्देही बाणगंगाका २२ वर्षीय साजन थारु घाइते भएका हुन् ।

तम्घास स्थित खलाचौरमा देउरालीबाट खलाचौरमा निर्माण भई रहको सडकको वाल लगाउनको लागि ढुङ्गा ल्याई अनलोड गर्ने क्रममा जमिन भासिई उक्त ट्रिपर पल्टिएको हो ।

घाईतेको जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय