सल्यान जाँदै गरेको बस दुर्घटना, २ जनाको मृत्यु

सल्यान जाँदै गरेको बस दुर्घटना, २ जनाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बुटवल । दाङको तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस दुर्घटना भएको छ ।

कपुरकोट गाउँपालिका ३ मूलपानी नजिकै केही समयअघि भएको दुर्घटनाको के कति क्षति भएको हो भन्ने विवरण आएको छैन ।

अहिलेसम्म बसमा १६ जना घाइतेको उद्धार भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरी र स्थानीयले अहिले उदार गरिरहेका छन् ।

घटनास्थल रहेका पत्रकार विमल डाँगीका अनुसार घटनामा दुई महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइतेलाई अस्पताल पठाइएको छ । अन्यको उद्धार चलिरहेको डाँगीले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय