बागलुङमा जीप खोलामा खस्यो, सात जना घाईते

बागलुङमा जीप खोलामा खस्यो, सात जना घाईते

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : पोखराबाट बागलुङको ताराखोलाका लागि छुटेको जीप ताराखोला गाउँपालिका-३ को मनिवलमा दुर्घटना हुँदा जीपमा सवार सात जना घाईते भएका छन् ।

धौलागिरी कालिका यातायात प्रा.लि.को ग१ज६५४० नम्बरको जीप बिहिबार अपरान्ह ४ बजे दुर्घटनामा परेको हो । रोकी राखेको जीप एक्कासी पछाडी हिँडेपछि २५ मिटर तल खोलामा खसेको थियो । जीपमा सवार सबैको उद्धार गरेर उपचारका लागि पठाईएको ईलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरि नायब निरीक्षक राम नारायण चौधरीले जानकारी दिए ।

चालकले टायरमा ओट लगाउने ढुंगा खोज्दाखोज्दै जीप खोलामा खसेको उनले बताए । घाइते हुनेमा ताराखोला– ५ चरौदीकुनाका मिलन सापकोटा, सिपकी शिर कुमारी दर्जि, रबि परियार, मनिसा परियार, शुसिला परियार, ताराखोला–४ दलान्चौरकी कमला खत्री र ताराखोला–२ अर्गलका भिम बहादुर रोका रहेको वडा नं. ३ का अध्यक्ष कर्ण बहादुर भण्डारीले जानकारी दिए ।

घाइते भएका सबैको गल्कोट नगर अस्पतालमा उपचार भैरहेको र थप उपचार आबश्यक पर्ने बिरामिका लागि पोखरा रिफर गर्ने तयारि गरिएको छ । ढोरपाटन दैनिक

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय