दर्लिङमा चट्याङ्ग लागेर दुई जना घाईते, भैंसी मर्यो

दर्लिङमा चट्याङ्ग लागेर दुई जना घाईते, भैंसी मर्यो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी : गुल्मीको मालिका-२ दर्लिङ्ग दुनाम गाउँमा शनिबार साझ चट्याङ्ग लागेर एक बालकसहित महिला गम्भिर घाईते भएका छ्न ।

गम्भिर घाईते हुनेमा दुनामका गेने बिकका १७ वर्षीय छोरा आयुष वि.क. र स्थानीय धनिराम विककि श्रीमति ६२ वर्षीया इन्द्रि बिक रहेको स्थानीय रबिन्द्र विकले जानकारी दिए ।

घाईते दुबै परिवारको उपचार गर्न जाने आर्थिक अवस्था कमजोर भएकोले कतै लैजान नसकी घरमै राखिएको छ । आयुषको मुहार र टाउकोमा चोटहरु छ्न् । उनको अहिले बिहान हल्का होस खुलेको छ । इन्द्रि बिकको आधा शरिर नै चल्दैन ।

चट्याङ लागेर सोही गाउँका धनबहादुर बिकको लैनो भैंसी मरेको छ । ती बिपन्न परिवारको विद्युतको मिटरबक्स पनि क्षतिग्रस्त भएको छ । अहिले बिहान पौदिअमराईबाट प्रहरी घटनास्थलमा आउँदै गरेको बिकले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय