जीप दुर्घटना अपडेट : दुई जनाको शव भेटियो

जीप दुर्घटना अपडेट : दुई जनाको शव भेटियो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । पर्वत कुश्मा नगरपालिकास्थित तमादीखोलाले जिप बगाउँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव भेटिएको छ । बागलुङदेखि पोखरा तर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप पर्वतको कुश्मा नगरपालिका ७ र ८को सिमामा पर्ने तमादीखोलाले बगाउँदा जिपसहित तीन जना यात्रु बेपत्ता भएका थिए।

ती मध्ये दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । उनका अनुसार घटनास्थलदेखि करिब ३ सय मिटर तल शव भेटिएको छ ।

जिपमा सवार मध्ये रुपन्देही घर भएका गोपाल वस्नेत र कास्की घर भएका विजय पौडेलको पहिचान भएको छ ।

तस्बिर : सांकेतिक

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय