पहिरोका कारण अवरुद्ध रिडी-रुद्रवेणी सडक खुल्याे

पहिरोका कारण अवरुद्ध रिडी-रुद्रवेणी सडक खुल्याे

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ ।

कालीगण्डकी करिडोर अन्तर्गत रिडी-रुद्रवेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि बुधवार रातिदेखि याे सडक बन्द भएको थियो ।

स्थानीय प्रशासन र रुरुक्षेत्र गाउँपालिकाको पहलमा २० घण्टापछि एक्स्काभेटरको सहयाेगमा सडकमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयाे ।

रिडी–रुद्रवेणी-वामीटक्सार हुँदै बाग्लुङको बुर्तिवाङसम्म पुग्ने याे सडक बन्द हुँदा पाल्पा, बुटवलबाट छुटेका गाडी बीच बाटौमै रोकिँदा यात्रु समस्यामा परेका थिए । सडक खुलेसँगै दुवैतर्फका गाडी गन्तव्यतर्फ लागेका छन् ।

याे सडक गुल्मीमा सबैभन्दा बढी गाडी आउजाउ हुने सडक खण्ड अन्तर्गत पर्छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय