एमालेको गण्डकी प्रदेश अधिवेशनका लागि बडिगाडबाट प्रतिनिधि चयन

एमालेको गण्डकी प्रदेश अधिवेशनका लागि बडिगाडबाट प्रतिनिधि चयन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड । आगामी असोज १५ देखि १६ गते पोखरामा शुरु हुने नेकपा एमालेको गण्डकी प्रदेशको प्रथम अधिवेशनका लागि बडिगाड गाउँपालिकाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका छन् ।

बडिगाडबाट खुल्लातर्फ शुनिल सेरचन, तिर्थमणी भुसाल, बसन्त थापा प्रतिनिधि चयन भएका छन् । त्यस्तै दलिततर्फ लक्ष्मण बराल र महिलातर्फ मिना रायमाझी र बिष्णु माया अर्याल चयन भएका छन् ।

जिल्लाका १० वटै पालिकाबाट सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । एमाले बागलुङबाट अधिवेशनमा ७० जना प्रतिनिधि सहभागी हुनेछन् ।

अधिवेशनको १५ गते अमरसिंह चौरमा उद्घाटन र बन्द सत्र असोज १६ गते पोखरा सभागृहमा हुनेछ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय