बडिगाड गाउँपालिका लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल

बडिगाड गाउँपालिका लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल

साहसी खबर
3 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी, गुल्मी । बागलुङको बडिगाड गाउँपालिकाले गत आर्थिक बर्ष २०७९/०८० मा लक्ष्य भन्दा बढी आन्तरिक राजश्व संकलन गर्न सफल भएको छ । १ करोड ४० लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेको गाउँपालिकाले १ करोड ८१ लाख ९० हजार २ सय ५६ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको हो ।

गाउँपालिकाले लक्ष्य भन्दा ४१ लाख ९० हजार २ सय ५६ रुपैयाँ बढि राजश्व संकलन गरेको छ । जुन लक्ष्य भन्दा २९ प्रतिशतले बढी हो । आन्तरिक राजश्व वृद्धि गर्न गाउँपालिकाले गत आर्थिक वर्षमा राजश्व चुहावट भएका क्षेत्रहरुको पहिचान गरी विशेष कार्यक्रम सञ्चालन गरेकाले लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकाको जेसिबी बर्षेभरी सञ्चालन हुनु, बेरुजु असुली, पालिका भित्र रहेका पसलहरुको नविकरणका लागि बजार अनुगमन प्रभावकारी बनाउनु र लघुजलविद्युत आयोजनाहरुलाई करको दायरामा ल्याउनु जस्ता कारणले राजश्व संकलन वृद्धि भएको उहाँको भनाई छ ।

गाउँपालिकाले राजश्व संकलनलाई व्यवस्थित बनाउन १० वटै वडा कार्यालय र पालिकाबाट विद्युतीय माध्यमबाट राजस्व संकलन गर्दै आएको छ ।

गाउँपालिकाले सबैभन्दा बढी अन्य सेवा शुल्क तथा बिक्री र हेभि ईकुईपमेन्ट शुल्क शीर्षकबाट ५२ लाख २८ हजार २ सय ८७ रुपैयाँ राजश्व संकलन गरेको छ । भने सबैभन्दा कम न्यायिक दस्तुर शीर्षकबाट ५ सय १० रुपैयाँ राजश्व संकलन गरेको गाउँपालिकाका लेखा अधिकृत डिल्ली आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार घरबहाल करबाट ८ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ, बहाल बिरौटी करबाट ४ लाख ६१ हजार ३ सय ५९ रुपैँया, सवारी साधन करबाट १२ हजार रुपैयाँ, भूमीकर/मालपोतबाट २३ लाख ६२ हजार ५ सय १८ रुपैँया, अन्य करबाट ३ लाख ४७ हजार ३ सय २१ रुपैया, शिक्षा क्षेत्रको आम्दानीबाट ५ हजार, परिक्षा शुल्कबाट २४ हजार ६ सय, अन्य प्रशाशनिक शुल्कबाट १० लाख १२ हजार ८ सय ८३ रुपैँया राजश्व संकलन भएको छ ।

त्यस्तै सिफारिश दस्तुरबाट २२ लाख ५६ हजार ५ सय ८८ रुपैयाँ, व्यक्तिगत घटना दर्ताबाट ६ लाख २७ हजार १ सय, नाता प्रमाणित दस्तुरबाट १ लाख ७ सय ५३, अन्य दस्तुरबाट ८ लाख ९१ हजार ९ सय १३, व्यवसाय करबाट ९ लाख ९२ हजार ७ सय १०, अन्य राजश्वबाट ६ लाख १२ हजार ६ सय ५०, बेरुजु प्राप्तिबाट ११ लाख ६६ हजार १ सय ४७, दहत्तर बहत्तर बाँडफाँडबाट ५ लाख २२ हजार ५ सय ४० र घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट ६ लाख ९२ हजार ४ सय २१ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको हो ।

गाउँपालिकामा रहेका १० वटा वडामध्ये सबैभन्दा धेरै वडा नं ५ वडा कार्यालयबाट १७ लाख ६० हजार ३ सय ३२ रुपैयाँ राजश्व संकलन भएको छ । भने सबैभन्दा कम वडा नं ४ वडा कार्यालयबाट ४ लाख २७ हजार ४ सय ७२ रुपैयाँ राजश्व संकलन भएको छ ।

चालु आर्थिक बर्ष २०८०/०८१ मा बडिगाड गाउँपालिकाले १ करोड ५० लाख आन्तरिक राजश्व उठाउने लक्ष्य राखेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय