गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार

गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । रोमानियामा रहेका गायक प्रकाश सपुतमाथि गीत गाउने क्रममा क्यान बियरको बोतल प्रहार भएको छ । दर्शक दीर्घाबाट फ्याँकिएको बोतल उनको टाउकोमा लागेको थियो ।

गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए । हिजो नेपाली समय अनुसार १२ बजे राति स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको हो ।

सपुतले ‘बोल माया…’ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर हुर्‍याइएको थियो । सपुतले त्यसलाई छल्न भ्याएनन् । उनको निधारमा सामान्य चोट लागेको सपुतसँगै रहेकी गायिका प्रीति आलेले जानकारी दिइन् ।

सपुतलाई हमला गर्ने नियतले नभई रक्सीको तालमा प्रहार भएको आयोजकले जनाएको छ । सो घटनापछि कार्यक्रम आधा घण्टा जति बिथोलिएको थियो । त्यसपछि फेरि सपुतले गायनलाई निरन्तरता दिए ।

आयोजकले बियरको बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छन् । यद्यपि, कुनै प्रहरी कारबाही गरिएको छैन । आयोजकहरूले घटनाको जिम्मेवारी आफूहरूले लिने बताएका छन् ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय