बडिगाडमा चप्पल उत्पादनको तयारी, गाउँपालिकाले बजारीकरणमा सघाउने

बडिगाडमा चप्पल उत्पादनको तयारी, गाउँपालिकाले बजारीकरणमा सघाउने

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

अनिष पाठक, बागलुङ : कोही नाप अनुसारको कपडा काट्दै छन् । कोही गम लगाउँदै त कोही सुकाउँदै । गत बुधबार यस्तै दृश्य देखिन्थ्यो– बडिगाड–२ खर्वाङस्थित जिल्ला समन्वय समितिको भवनमा । बडिगाड गाउँपालिकाले आफ्ना नागरिकलाई सीप विकासको तालिम सिकाउँदै आत्मनिर्भर बनाउने अभियानमा लागेको छ ।

अभियानअन्तर्गत ‘युवा सीप’ कार्यक्रममार्फत् खर्वाङमा पाँच दिन चलेको चप्पल बनाउने तालिममा उक्त दृश्य देखिएको हो । बडिगाडको दगातुम्डाँडा, खर्वाङ र सिसाखानीका १५ युवा तालिममा सहभागी भएको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए ।

बडिगाड गाँउपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी सिपयुक्त तालिमको माध्यमबाट पालिकाका नागरिकलाई आर्थिक रुपले सबल बनाउन तालिम आयोजना गरिएको भन्दै सिपयुक्त तालिमको माध्यमबाट आर्थिक सशक्तिकण गर्ने बताइन् । ‘पछिल्लो समय युवा विदेशिने क्रम बढ्दो छ,’ अध्यक्ष अधिकारीले भनिन् ‘युवा विदेसिँदा गाँउबस्ती रित्तिँदा उनीहरुलाई गाँउमै रोजगारीको बतावरण बनाउन लाग्नुपर्छ ।’

तालिमपश्चात व्यावसायिक रुपमा लाग्न चाहनेलाई पालिकाले कच्चा पदार्थ सहयोग गर्ने पालिका उपाध्यक्ष भिमसेन वनले बताए । ‘पालिकाले उप्पादित सामानको निर्यात र बजारीकरणमा समेत सघाउने छ,’ वनले भने ।

तालिममा सहभागी बडिगाड–२ की होमकुमारी रानाले सिकेको सीपलाई निरन्तरदा दिदै अब सिकेको सीपमा दक्ष बन्न घरमै पनि चप्पल बनाउन सिक्ने योजनामा रहेको बताइन् । ‘मैले तालिममा चार थरिका चप्पल बनाउन सिकेपछि आवश्यक सामान पनि झिकाएकी छु,’ रानाले भनिन,् ‘अब घरमै चप्पल बनाउन सिक्ने हो ।’

तालिममै सहभागी भएका तुलबहादुर रानालाई भने फरक विचार छ । उनले तालिममा बनाउन सिकेका चप्पल स्थानीय बजारमा खोजी नहुने हो कि भन्ने चिन्ता छ । पालिकाले सीप सिकाउँदा बजारमा पाईने अन्य उत्पादन गर्ने वस्तुसंग प्रतिस्पर्धा गर्न सक्नेगरी दक्ष बन्न लाग्ने समय दिएर सिकाउनुप्रर्ने उनले बताए । तालिममा सिकेको सीपलाई प्रवधिमैत्री बनाएर टिकाउ र आर्कषक बनाउन सके बिक्री गर्न सहज हुने रानाले बताए ।ढोरपाटन राष्ट्रिय दैनिक

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय