बागलुङमा टाउको चुँडीएको अवस्थामा युवाको शव फेला

बागलुङमा टाउको चुँडीएको अवस्थामा युवाको शव फेला

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङ जिल्लाको निसीखोलामा टाउको चुँडीएको अवस्थामा एक युवाको शव फेला परेको छ ।

निसीखोला गाउँपालिका ४ झिवाखोला बजार नजिकै पखाले भन्ने स्थानमा अन्दाजी २५ बर्षिय युवाको टाउको नै चुँडिएको अवस्थामा शव फेला परेको निसीखोला गाउँपालिका ४ का वडा अध्यक्ष टिकानिधी पौडेलले बताउनुभयो ।

स्थानियले विहान करिव १० वजेतिर निसीखोलाको विच भागमा ढुँगामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । युवाको टाउको चुँडिएको अवस्थामा रहेको छ कसैले हत्या गरेर खोलामा फालेको हुनसक्ने वडा अध्यक्ष पौडेलले बताउनु भयो ।

प्रहरी टोली घटना स्थलमा गइसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ स्थानियका अनुसार मृतक युवा निसीखोला ५ का रहेको अनुमान गरीएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय