बागलुङकी दिक्षा झाडीमा लुक्दा पनि पक्राउ परिन्

बागलुङकी दिक्षा झाडीमा लुक्दा पनि पक्राउ परिन्

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ : खातामा पर्याप्त रकम नहुँदा पनि चेक दिएर बाउन्स भएपछि फरार रहेकी एक अभियुक्तलाई घर नजिकैको झाडीमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो खातामा पर्याप्त रकम नभएको अवस्थामा पनि तीन लाख रुपैयाँको चेक दिई चेक बाउन्स भएपछि उजुरी परेको आधारमा प्रहरीले ती अभियुक्तको खोजी गरेको थियो ।

पीडित पक्षको उजुरीपछि कास्की प्रहरीले बागलुङको ताराखोला गाउँपालिका-१ स्थायी घर भइ पोखरा महानगरपालिका-२ मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई कास्कीकै अन्नपूर्ण गाउँपालिका-८ वीरेठाँटीस्थित नियालो घारीमा लुकेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

पुनलाई उच्च अदालत पोखराबाट बैंकिङ कसुर मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान प्रकृया अगाडि कास्की प्रहरीले जनाएको छ

उनले विभिन्न व्यक्तिहरूलाई बेलायत पठाइदिने भन्दै रकम लिएर ठगी गरेको समाचार आएको थियो । प्रहरीले पीडितहरुलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय सम्पर्क राख्न पनि भनेको छ ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय