भारतीय ‘सुटर’ बोलाएर भाइ र बुहारीको हत्या

भारतीय ‘सुटर’ बोलाएर भाइ र बुहारीको हत्या

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बाँके । बाँकेको कोहलपुरमा दाइ र भाउजुले भारतीय ‘सुटर’ बोलाएर भाइ र बुहारीको हत्या गरेका छन् ।

कोहलपुर नगरपालिका वडा नं। १४, ओढारपुरका २५ वर्षीय कृष्ण गडरिया र उनकी श्रीमती २३ वर्षीया अञ्जली गडरियाको दाइ विजय र भाउजु रेखा गडरियाले भारतीय सुटर बोलाएर हत्या गरेका हुन् ।

भाइ कृष्ण र बुहारी अञ्जलीलाई हत्या गर्नका लागि विजयले भारतीय सुटरलाई ५०÷५० हजार रुपैयाँ दिएका थिए । प्रतिव्यक्ति ५० हजार रुपैयाँ लिएका दुईजना भारतीय सुटरले कृष्ण र अञ्जलीको सुतेको ठाउँमै हत्या गरेका थिए ।

सोमबार राति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या गरिएको थियो । घरमै रेष्टुरेन्ट चलाएका कृष्ण दम्पती तल्लो तलामा सुतेका थिए । सँगै सुतेका उनीहरुमध्ये कृष्णलाई त्यही र अञ्जलीलाई भान्छामा लगेर हत्या गरिएको थियो । कृष्णको दाहिने हातको नाडी काटिएको थियो भने अञ्जलीको घाँटीमा डोरी थियो । घटनास्थलमा गोलीको खोकासमेत फेला परेको छ ।

घरको माथिल्लो तलामा विजय र रेखा सुतेका थिए । इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी ऐनबहादुर मल्लका अनुसार दाइ विजय र भाउजु रेखाले दुईजना भारतीयलाई बोलाएर भाइ कृष्ण र बुहारी अञ्जलीको हत्या गरेका हुन् । विजयले हत्यारालाई ५०÷५० हजार रुपैयाँ दिएका थिए भने घरको

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय