मेयर हर्क साम्पाङको स्वर रहेको हाइकिङ गीत सार्वजनिक (भिडिओ)

मेयर हर्क साम्पाङको स्वर रहेको हाइकिङ गीत सार्वजनिक (भिडिओ)

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

धरान : धरानमा हाइकिङ जाने प्रचलनलाई ब्यापकता बनाउनमा ठूलो भूमिका निभाउने सेवक अभियानले हाइकिङसँग सम्बन्धित ‘हाइकिङ गीत’ सार्वजनिक गरेको छ ।

सोमबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रविक्रम बेघा र गीतकार तथा सेवक अभियानका अध्यक्ष हलवाईले संयुक्त रूपमा उक्त गीतको अडियो बिमोचन गरेका थिए भने प्रमुख अतिथि मेयर राईले सो गीतको लिरिकल भिडिओ समेत सार्वजनिक गरेका छन् ।

उक्त गीतमा राजेशपायल राई, शिव लामिछाने, डिल्ली फम्बो तथा गायिकाहरु मेलिना राई, प्राश्ना शाक्य, रमना श्रेष्ठ, पम्फा चहार सँगै मेयर हर्क साम्पाङको समेत स्वर रहेको छ ।

धरानको भावना स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत मनोज मोतेको रहेको छ । धरानेहरुलाई नियमित रूपमा हाइकिङमा जान अभिप्रेरित गराउन मुख्य भूमिका खेल्नुहुने सेवक अभियानको अभियानले नै होला हामी धराने जाँगरिला भएर मेरो काममा सहयोग गर्न आएको भन्दै आफूले पनि स्वर भर्ने मौका पाएकोमा खुसी लागेको मेयर हर्क साम्पाङले बताए ।

पर्यटन प्रवर्द्धन र प्रकृतिमूलक गीत स्वास्थ्यका लागि प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको र चाँडैनै यस गीतको म्युजिक भिडिओ समेत निर्माण गरिन लागेको गीतकार राजिब हलवाईले बताए ।

२०७४ भदौ ३१ बाट सेवक अभियान मार्फत हरेक शनिबार हाइकिङ जान थालिएकोमा अहिले सम्म २१८ सप्ताह पुरा भैसकेको छ । सिल्भर इन्टरटेण्टमेन्टको सहकार्यमा सेवक अभियानले गीत निर्माण गरेको हो ।

सोही कार्यक्रममा धरानमा प्याकेजिङ गरेर अनुपमा प्याकेजिङ उद्योगले उत्पादन गरेको धरान टी मेयर, उपमेयर लगायत अतिथिलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ, धरान फुटबल क्लबका अध्यक्ष तथा नेपाली कांग्रेसका नेता किशोर राई , चर्चित गायक डिल्ली फोम्बो लगायतका अतिथिको उपस्थिति थियो ।

हेर्नुहोस् भिडिओ

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय