गुल्मीको एक वडा कार्यालयले विवाहित महिलालाई अविवाहित भनेर सिफारिस दिएपछि…..

गुल्मीको एक वडा कार्यालयले विवाहित महिलालाई अविवाहित भनेर सिफारिस दिएपछि…..

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी  : गुल्मीको सत्यवती गाउँपालिका- ८ का वडा अध्यक्ष होमबहादुर रानाले विवाहित महिलालाई अविवाहित भनेर सिफारिस गरेपछि सामाजिक सञ्जालमा उक्त सिफारिस पत्र भाइरल भएको छ।

सोमबार वडाध्यक्ष रानाले सोही वडाका रामबहादुर आलेकी श्रीमती गौमाया आलेको कहीँ कतै विवाह नभएको भनेर सिफारिस गरेका थिए। सोही पत्रको माथिल्लो अंशमा रामबहादुर आलेकी श्रीमती भनिएको छ भने त्यसकै अन्तिम वाक्यमा उनको कहीँ कतै पनि विवाह नभएकोले अविवाहित हुन् भनेर उल्लेख गरिएको छ।

यसरी विवाहित महिलालाई अविवाहित भनि सिफारिस गरेपछि सो सिफारिस पत्र सामाजिक सञ्जालमा भाइरल भएको हो।

वडा अध्यक्ष रानाले भने प्राविधिक गड्बढीले यस्तो भएको बताएका छन्। ‘हो, त्यो सिफारिस मैले गरेको हो,’ वडा अध्यक्ष रानाले भने,‘उहाँको श्रीमानको मृत्यु भएको छ, त्यसैले उहाँ सामाजिक सुरक्षा भत्ताको लागि एकल महिला भएको सिफासिस बनाउन आउनु भएको हो, हामीले हिजो रातिसम्म काम गरिरहेका थियौँ, हतारमा मिस्टेक भएछ।’

उनकाअनुसार गौमायाका श्रीमानको मृत्यु भएकोले सामाजिक सुरक्षा भत्ताको लागि एकल महिला भएको प्रमाण बनाउन वडा कार्यालय पुगेकी हुन्।

त्यस्तै, आइतबार गलत सिफारिस गरेको वडाले आज हिजोकै मिति उल्लेख गरेर गौमायालई अर्को पत्र बनाइदिएको छ। जसमा उनका श्रीमान रामबहादुर आलेको मिति २०७७ वैशाख १ गते निधन भएको र त्यसपश्चात कहीँ विवाह नगरेको उल्लेख गरिएको छ। (बिएल नेपाली सेवा)

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय