जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा अमर थापा सर्वसम्मत

जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा अमर थापा सर्वसम्मत

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा अमर थापा चयन भएका छन् । थापासहित उपप्रमुखमा होमनाथ शर्मा र सदस्य पदमा गठबन्धनका उमेद्वारहरु सर्वसम्मत चयन भएका हुन् ।

जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार बिहिबार दुई बजेसम्म सत्ता गठबन्धनका उमेद्वारबाहेक कसैको पनि उमेद्वारी नपरेकाले प्रमुख र उपप्रमुखसहित ९ जना सदस्य सर्वसम्मत चयन भएको सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले बनाए ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट उमेद्वारी दिएका थापा र नेपाली कांग्रेसको तर्फबाट उमेद्वारी दिएका शर्मासहित जिल्ला समन्वय समितिमा तीन दलको सहभागिता छ ।

सदस्यहरुमा महिला सदस्य नेपाली कांग्रेसको तर्फबाट उमेद्वारी दिएकी हरिकला पौडेल, एकीकृत समाजवादीको तर्फबाट उमेद्वारी दिएकी जसोधा शर्मा र राष्ट्रिय जनमोर्चाबाट उमेद्वारी दिएकी धनकुमारी खत्री सर्वसम्मत चयन भएका छन् ।

अल्पसंख्यक दलित सदस्यतर्फ नेपाली कांग्रेसबाट उमेद्वार बनेकी कौशीला बिक निर्वाचित हुँदा खुल्ला सदस्यतर्फ माओबादी केन्द्रका तर्फबाट हर्क बहादुर पाण्डे, कांग्रेसबाट टेक बहादुर अर्गेजा र पदम बहादुर क्षेत्री सर्वसम्मत निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वसम्मत चयन भएका सबैलाई निर्वाचनका प्रकृया पुरा गरेर घोषणाको तयारी गरिरहेको सापकोटाले बताए ।
बागलुङमा एउटा मात्रै प्रमुख जितेको नेकपा एमालेले कुनैपनि पदमा उमेद्वारी नदिएपछि सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा भएको सहमति अनुसार उमेद्वारी दिएका सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय