गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादी केन्द्रको निर्णय

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादी केन्द्रको निर्णय

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ।

बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका लेखकले राजीनामा नदिएसम्म अवरोध जारी राख्ने निर्णय गरेको सचिव लिलामणि पोरखेलले जानकारी दिए ।

‘छानबिनलाई सहज बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ, राजीनामा नदिएसम्म अवरोध जारी रहन्छ,’ उनले भने । माओवादी केन्द्र लगायत प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरूद्ध गर्दै आएका छन् । जेठ १५ गते भने बजेट ल्याउन सहजताको लागि प्रतिपक्षी दलहरूले संसद अवरुद्ध नगर्ने निर्णय गरेका थिए । बैठकमा पार्टीले सञ्चालन गरिरहेको मध्यपहाडी जागरण अभियान जारी राख्ने र वाइसीएलको महाधिवेशन बारे पनि छलफल गरेको पोखरेलले जानकारी दिए । बैठकमा गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकतापछि नेता कार्यकर्ता समायोजन बारे छलफल भएको श्रेष्ठले जानकारी दिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय