जातियताको दबदबा रहेको समाजमा युवापुस्ताले सानो उमेरमा लिने ठुला निर्णयले पार्ने असर र न्यूनीकरणका उपाय !

जातियताको दबदबा रहेको समाजमा युवापुस्ताले सानो उमेरमा लिने ठुला निर्णयले पार्ने असर र न्यूनीकरणका उपाय !

साहसी खबर
5 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

विपिन विश्वास रायमाझी

कुनै एउटा व्यक्तिको जन्मपछि उस्को जीवन कस्तो बन्ने भन्ने कुरा मुख्यत परिवारपछि समाजमा प्रधान रहन्छ, त्यसपश्चात परिपक्वता भएको अवस्थामा मात्र उक्त व्यक्तिमा निहित हुने हो ।

त्यसैले पनि आफ्नो जीवन, परिवारको अवस्था कस्तो बन्ने/बनाउने भन्ने कुरा समाजको अवस्था,उक्त समाजमा भएका मानिसहरुको चेतनाको स्तर सङ्गै त्यहा प्रत्यक्षरुपमा राजनैतिक एव सामाजिक रुपमा नेतृत्व सम्हालेकाहरुको कुशलता र क्षमतामा पनि फरक पर्दछ ।

नेपाल सम्भवत बिश्वमै धेरै जातजातिहरुको आपसी भाईचारापूणर् बसाई भएको मुलुक हो । जहाँ औसत विश्वका धेरै ठाउँ भन्दा शान्त सालिन व्यवहार भएका मानिसहरु बस्दछन । समस्या नै नहुने रामराज्य त कहाँ हुन्छ र ? भन्छन राम राज्यमा पनि समस्या थिए । त्य्सैले नेपाली समाज समस्या विहिन भने होइन हामिकहा कतिपय अत्यन्तै दर्दनाक स्थिति अवस्था भएका ठाउहरु पनी छन । त्यसको अलवा शान्त स्वभावका नेपाली भएको हुनाले धेरै जटिलतामा पनि त्यो समस्यालाइ निणर्ायक गराउन सक्ने सवल र बौद्धिक नेतृत्व हुने हो भने नेपाली समाज सुन्दर र शान्त हुने थियो ।

समुदायमा जातियताका,वर्गसंघर्षका नाममा विभिन्न किसिमका खैलाबैला नहुने बिल्कुल होइनन् । तर ती समस्यालाई चेतपूणर् रुपबाट समाधान गर्नसक्ने हो भने हामी बाँचेका कैयौ समाज अत्यन्तै सुन्दर जीवनशैली र शान्त स्वभावका मानिस बस्ने समुदाय भनेर चिनाउन सहज हुन्थ्यो । त्यसको निम्ति मुख्यतः सामान्यतया यी विषयमा सोँच्न सकिन्छ ।

➡️ समुदायमा आईपर्ने समस्याहरुको मूल जड चेतनाको स्तर अभाव हो । विद्यालय शिक्षाबाट नै सानासाना बालबालिकाहरुलाई शिक्षित र संस्कारी बनाउदै लैजान सकियो भने, किशोर अवस्थामा (कच्चा उमेरमा) उनीहरुले गर्ने धेरै ठुला अव्यवहारिक निणर्य गर्नबाट रोक्न सकिन्थ्यो । जस्को कमीले समुदाय स्वतह ः शिक्षा र चेतनाको स्तरमा फडको मार्दै सभ्य रुपमा बस्ने जीवनको परिकल्पना गर्दथ्यो ।

➡️जातियता र वर्गका आधारमा सबैभन्दा बढी दलित अथवा पिछडिएका समुदायमा घटना हुने गर्दछन् । त्यस्ता समुदायमा माथी उल्लेख गरे जसरी शिक्षा चेतनाको स्तर सङ्गै व्यवहारिक जीवन बाँच्नको निम्ति कामहरुको सिर्जना गर्ने । नयाँ युवाहरुलाई व्यवसायिक शिक्षा दिने र समुदायमा भएको आर्थिक असमानताको खाडलबाट समाजको विभिन्न वर्गलाई समान एवं सहज जीवन बाँच्न सजिलै पुग्ने किसिमको जिवनस्तर भएको स्तरमा पुर्याउने । जस्ले गर्दा जातियता मात्र नभई आर्थिक असमानताको कारणले हुने विवाद र समस्याबाट सभ्य समुदायमा बढुवा गर्न सकिन्छ ।

➡️समाजको राजनैतिक सामाजिक एवम् आर्थिक रुपमा नेतृत्व गरिरहेका व्यक्ति एवम् वर्गहरुले समुदायको हीत,शिक्षालगायतका कुराहरुमा उल्लेखनीय सुधारका योजना र कार्यक्रम ल्याउन सक्ने हो भने समुदाय सहज रुपमा सबल बन्ने थियो ।

➡️नयाँ पुस्ताका बालबालिकाले गरिरहेको मोबाईल फोन एवं प्रविधिको गलत प्रयोग : यो कारण उठाउनु भन्दा पहिले यहि प्रविधिको सहि प्रयोगको माध्यमबाट अत्यन्तै सुन्दर जीवन बाँचिरहेका पनि छन भन्न चाहँे । प्रविधिको उकालीलाग्दो विकासका साथै अर्धचेतनसिल समाज,अशिक्षित नागरिक एवं चंचल उमेरमा उत्सुकता बोकेका नयाँ पुस्ताका किशोरावस्थाका बालबालिकाहरुको प्रविधि प्रयोगले समाजलाई नकारात्मक असर र दीर्घकालिन गम्भीर समस्याहरु खडा गरिरहेका छन । यद्यपि यो प्रविधिलाई सिमित एवं संयम तरिकाले प्रयोग गर्न सके भने केही हदसम्म दुर्घटनाहरु कम हुन्छन् ।

त्यसैले यस्ता किसिमका घटना र दुर्घटनाहरुबाट समाजलाई बचाउन यी र यस्तै सामान्य कुराहरुमा गम्भीर ध्यानाकर्षण भएर लाग्न सकियो भने सामाजिक अवस्था परिवर्तन हुने थियो र आम मानिसको जीवनस्तर परिवर्तन पश्चात् समुदाय स्वतह : सुधारोन्मुख हुने थियो ।

माथिका कारणहरुमा हेलासाइ गर्दा बाग्लुङको गल्कोटमा हालसालै घटेको एक घटनाको बारेमा केही कुरा !!

बाग्लुङ जिल्लाको गल्कोट नगरपालिकामा दुई भर्खरका किशोर किशोरीहरुको जातिय असमानताका कारण उत्पन्न समस्याले अकालमै ज्यान लिएको छ । सामाजिक संजालमा भेटिएका प्रयाप्त जानकारी अनुसार राजन सुनार र मिरा परियार नाम गरेका दुई नौजवान युवा युवती एक आपसमा प्रेममा रहेकोले उनिहरु बिहे गरेका र केटाको परिवारले जातिय असमानताको कारण छुटाएपछि केटाले आत्महत्या गरेरिसकेपछी । प्रेमीको अभाव सहन नसकेर प्रेमीका मिराले आत्महत्या गरेको खबर यतिबेला सन्जालभरी छ ।

त्यहा भएका केही जानकारी अनुसार उक्त घटना घटनुको कारण ।

  • जातिय हिसाबमा उनिहरुको समुदायमा आफैमा पनि तल्लो र उपल्लो जातको विभेद र असमानताले गर्दा यो अवस्था निम्तिएको ।
  •  कच्चा उमेरका दुई युवायुवतीले सानो उमेरमा सोचेर बुझेर सहि निणर्य लिन नसक्दापनी यो अबस्था आएको । किनकी यदि उनिहरु अलिकति परिपक्वतामा हुन्थे भने जीवनलाई आफ्नो तरिकाले चलाउन अनेक उपाय खोज्न सक्थे ।
  • मौन रुपमा रहेको नदेखिएको आर्थिक असमानताको पनि मुख्य भुमिका रहेको दुबै परिवार आर्थिक रुपमा सम्पन्न भएको अथवा तल पर्ने परिवार आफू आफैमा सबल भैदेको भए अर्कोले प्रश्न उठाउन सक्दैन्थ्यो ।

यस्ता समस्याका बाबजुद यो एक्काइसौं शताब्दिमा पनि यसरी जातिय आधारमा हुने घटना दुर्घटना मात्र नभएर हत्या हुन । हामी नेपाली समाजमा सभ्य र सहज रुपमा बाच्न चाहान्छौ भनेर शिक्षा र चेतनाको स्तरलाई वृद्धि गर्दै आर्थिक रुपमा सहज भएर चेतनशील नागरिक बनँौ र प्रविधिको सहि सदुपयोग गरौं ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय