नेकपा एमाले बागलुङको सचिवमा विष्णु भुषाल निर्विरोध !

नेकपा एमाले बागलुङको सचिवमा विष्णु भुषाल निर्विरोध !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : नेकपा एमाले बागलुङको नवौं महाधिवेशनमा मनोनय दर्ता सकिएको छ ।

जसमध्ये सचिव पदमा एक जनाको मात्रै उम्मेदवारी परेको नेकपा एमाले नवौं महाधिवेशनका निर्वाचन अधिकृत हरी प्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँले सचिव पदमा एमाले नेता विष्णु भुषालको मात्रै उम्मेदवारी परेको बताउनुभयो । आवश्यक पदभन्दा बढी उम्मेदवारी नपरे सर्वसम्मत हुँने निर्वाचन समितिले जनाएको छ ।

यद्यपी निर्वाचन समितिले आधिकारिकरुपमा मनोनयन दर्ता भएको नामावली सार्वजनिक गरिसकेको छैन । उम्मेदवारी दोहोरो पर्न सक्ने भन्दै रुजूगरेर मात्रै नामावली सार्वजनिक गरिने छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय