बडिगाडको एक घरमा आगलागी : सबै सामाग्री नष्ट भएपछि विचल्ली !

बडिगाडको एक घरमा आगलागी : सबै सामाग्री नष्ट भएपछि विचल्ली !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड : बडिगाडको एक घरगोठमा गएराति आगलागी भएको छ । बडिगाड गाउँपालिका वडा नं १० दर्लिङ खोर निवासी बेल बहादुर बुढाको घरमा सोमबार मध्यरातमा आगलागी हुँदा घरमा रहेका सम्पूणर् सामानहरु जलेर नष्ट भएका छन् ।

आगलागीबाट मानवीय क्षति नभएपनि बुढाको घर रहेका सम्पूणर् सामान ,अन्न बाली तथा नगद जलेर नष्ट भएको त्यहाँबाट हेम घर्तीले जानकारी दिनुभएको छ । आगलागी के कसरी हुन पुग्यो भन्ने बारे भने खुलेको छैन् ।

आगलागीले घरमा रहेका सम्पूणर् सामानसगैं नगद समेत जलेर नष्ट भएपछि यतिबेला बुढाको परिवारले सहयोगको याचना गरेका छन् । मध्यमवर्गीय परिवारले दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकोमा आगलागीबाट सम्पूणर् सामान नष्ट भएपछि यतिबेला विचल्लीमा परेको घर्तीले बताउनुभयो ।

आर्थिक भौतिक र अन्य सहयोगका लागि उहाँले सबैसगं अपिल गर्नुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय