जो पिताको किरिया बस्दै थिए, उनैले गुमाए दुर्घटनामा ज्यान !

जो पिताको किरिया बस्दै थिए, उनैले गुमाए दुर्घटनामा ज्यान !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं– मलामी बोकेर बुटवलबाट पाल्पाको रिडी जाँदै गरेको बस पाल्पाको लगुवामा दुर्घटना हुँदा मृत्यु भएका ७ जनामध्ये तीन जनाको सनाखत भएको छ।

उनीहरु बुटवल–११ बुद्धनगरका वीरबहादुर विकको शवको अन्त्येष्टिका लागि रिडी जाँदै थिए। ३६ जना चढेको लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडक खण्डअन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा बिहान ११ बजेतिर दुर्घटनामा परेको थियो।

दुर्घटनामा मृत्यु भएकामध्ये बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली र विजय थापा क्षेत्रीको खनाखत भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खाणले जानकारी दिए।

मलामी गएका उमेश कुँवरका अनुसार मृतक लालबहादुर वीरबहादुरका छोरा हुन्। प्रहरीले भने यसबारे अझै पुष्टि हुन बाँकी रहेको बताएको छ। मृतक विक परिवार अर्घाखाँचीको मरेङबाट बुटवलमा बसाइँ सरेर बुटवल आएका थिए।

बस सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको थियो। दुर्घटनामा घाइतेमध्ये गम्भीर घाइते १० जनाको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। नेपाल समय

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय