गुल्मीमा विद्युत सट भएर घर र गोठमा आगलागी : ५० लाखको क्षति !

गुल्मीमा विद्युत सट भएर घर र गोठमा आगलागी : ५० लाखको क्षति !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा एक घर गोठमा आगलागी हुँदा ५० लाख भन्दा धेरैको नोक्सानी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका २ धागिथुमका ५५ वर्षीय गोपाल पन्थीको घर र गोठमा आगलागी भएको हो ।

दुई तले कच्ची घर र गोठमा विद्युत सट भएर आगलागी हुँदा घर गोठ जलेर पुर्ण रूपमा नष्ट भएको छ । कुनै मानवीय र पशुचौपायको क्षति नभएको गुल्मी प्रहरीले जनाएको छ ।

६ क्विन्टल मकै जौ ,२५ केजिका सात बोरा चामल,७ बोरा पशुदाना, भाडाकुडा ,चार ट्रली भैसिको घास,तीन ट्र्ली दाउरा,घर गोठ बनाउने काठ,लत्ताकपडा ,घर गोठको मुल्य गरी पचास लाख ७ हजार बराबरको क्षेती भएको बताईएको छ ।

साथै सोहि घरमा डेरा लिएर बसेकाहरुको पनि कपडा,खाद्यान्न तथा विभिन्न सामाग्री जलेर नष्ट भएको छ । गएराती करिब १:२० को समयमा आगलागी भएको थियो । आगो सग्रामशार्दुल गुल्मका नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीले करिब ३:३० बजे नियन्त्रणमा लिएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय