बाग्लुङ काँग्रेस अधिवेशन : पश्चिम बाग्लुङले नेतृत्व पाउने सम्भावना बढ्यो !

बाग्लुङ काँग्रेस अधिवेशन : पश्चिम बाग्लुङले नेतृत्व पाउने सम्भावना बढ्यो !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : ५१ प्रतिशत मत तीनै जना सभापतिका उम्मेदवारले नल्याएपछि बागलुङ कांग्रेसको सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ । सभापतिका लागि जगदीश चन्द्र उपाध्याय, दोर्णकुमार कुँवर र जितबहादुर शेरचनको उम्मेदवारी परेको थियो ।

उपाध्यायले ७९०, शेरचनले ६८६ र कुँवरले १६८ मत ल्याएका थिए । सबैभन्दा कम मत ल्याउनु भएका कुँवरले शेरचनलाई सहयोग गर्ने बताउनु भएको छ । शेरचन उपाध्यायको मतान्तर १०४ छ । शनिबार भएको मतदानमा १६८८ मत खसेको थियो भने ४५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

बागलुङमा कुल १७८० मतदाता रहेका छन् । कुँवरले शेरचनलाई सहयोग गरेपछि यस पटकको नेतृत्व पश्मिच बागलुङले पाउन सक्ने संभावना बढेको कांग्रेस बागलुङका एक नेताले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय