निसीखोला गाउँपालिकाको कार्यालयसहित २७ घरमा चोरी !

निसीखोला गाउँपालिकाको कार्यालयसहित २७ घरमा चोरी !

साहसी खबर
3 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङको निसीखोला गाउँपालिकाको कार्यालय र विभिन्न वडा कार्यालयसहित विद्यालय र घरमा तोडफोड तथा चोरी भएको छ । मंगलबार राति गाउँपालिकाको कार्यालयसहित वडा नम्बर ३ र वडा नम्बर ४ को कार्यालय, प्रभा मावि, जन जिवराज सुशिलामा मावि, हिले प्रावि, बोहोरागाउँ लिटिल रोज बोर्डिङ स्कुल र १९ घरमा तोडफोड तथा चोरी भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।

यो सबै घटना एकै रातमा भएको बताइएको छ । निसीखोला गाउँपालिका कार्यालयमा तोडफोडसँगै कागजपत्र छरप्रस्ट बनाएको गौतमको भनाई छ । त्यस्तै कागजात राख्ने दराज टोडफोड र सिसी क्यामेराको टार समेत काटेको उहाँको भनाई छ । सामान भने नहराएको उहाँले बाउनुभयो । चोरले वडा नम्बर ३ को वडा कार्यालय तोडफोड गरेको छ भने त्यहाँबाट ६०० रुपैयाँ चोरेको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । अन्य क्षति भने नभएको उहाँको भनाई छ । वडा नम्बर ४ को कार्यालय पनि टोडफोड भएको छ ।

कार्यालय तोडफोडसँगै ११ हजार रुपैयाँ समेत चोरेको वडा कार्यालयले जनाएको छ । वडा नम्बर ३ र ४ दुवै कार्यालयको ढोका तोडफोड भएको छ । त्यस्तै वडा नम्बर ४ मा रहेको महिला सहकारीको कार्यालय ढोका समेत टोडफोड गरेको बताइएको छ । तीन विद्यालयमा टोडफोड भए पनि कुनै सामानहरु हराएको अहिलेसम्म पत्ता नलागेको गौतमले बताउनुभयो । बोहोरागाउँ लिटिल रोज बोर्डि स्कुलबाट कार्यालयको ढोका तोडफोड गरि १० हजार रुपैयाँ चोरेको बताइएको छ ।

चोरले विभिन्न कार्यालयसँगै १९ घरमा टोडफोड र चोरी गरेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर २ मा २ र वडा नम्बर ३ मा १७ वटा घरमा तोडफोडसँगै नगद र जिन्सी चोरी गरेको गौतमले बताउनुभयो । वडा नम्बर ३ का वडा सदस्य खिमबहादुर शाहीको घरबाट साढे दुई तोला सुन र एक लाख नगद रुपैयाँ चोरी गरेको गाउँपालिकाले जनाएको छ । विभिन्न कार्यालय, विद्यालय र १९ घरबाट १० लाख रुपैयाँ बराबरको नगद र जिन्सी चोरी भएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।

राति तोडफोड तथा चोरी भए पनि आफूहरुले विहान मात्रै थाहा भएको भन्दै प्रहरीलाई जानकारी गराएको गौतमले बताउनुभयो । प्रभा माविमा राति १ बजे तोडफोड भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गाउँपालिकाको कार्यालय भने विहान सात बजे कर्मचारीहरु आउँदा ढोकाहरु खुल्लै देखेपछि प्रहरीलाई खबर गरेका थिए । गाउँपालिकाले क्षति भएका सबै घर तथा कार्यालयहरुको निरीक्षण गरि क्षति विवरण तयार पारि रहेको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो ।

उहाँले गाउँपालिकाको कार्यालयमा धेरै क्षति नभए पनि विभिन्न वडा र घरहरुमा लाखौँको चोरी भएको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले सबै स्थानमा पुगेर मुचुल्का तयार गरेको भन्दै अहिलेसम्म कसैलाई पनि अनुसन्धानको दायराम नल्याएको बताउनुभयो । यसमा आफूहरु गम्भीर भएर अनुसन्धानमा लागेको बताउनुभयो । आदर्श अनलाइनबाट

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय