नेपालमा एकाबिहानै २ पटक गयो भूकम्प, सात वटा घर भत्किए, तीनजना घाइते

नेपालमा एकाबिहानै २ पटक गयो भूकम्प, सात वटा घर भत्किए, तीनजना घाइते

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ: आज बिहान ५ः४२ बजे लमजुङलाई केन्द्रबिन्दू बनाएर गएको ५.८ म्याग्निच्युटको भूकम्पका कारण यहाँका सात वटा घर भत्केकाछन्।

भूकम्पले घर भत्किँदा चोट लागेर तीन जना घाइते भएका छन्। घाइते हुने मा मस्र्याङद गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी रहेका छ। अर्का एक जना घाइतेको नाम खुलेको प्रहरीले बताए।

लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म सात वटा घर भत्किएका छन्। घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले जनाएका छन्। उनका अनुसार भत्किएका सबै क च्ची घर रहेका छ्न।

घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले जनाए। गाउँमा क च्ची घर भएकाले पनि भूकम्पले भ त्किएर स्थानीय घाइते हुन पुगेको उनको भनाइ रहेको छ।

लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ः४२ मिनेटमा ५.८ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

भूकम्पको धक्का लम्जुङसहित आसपासका मनाङ, गोरखा, तनहुँ, कास्कीसम्म पुगेको थियो। बिहानैको समयमा भूकम्प गएकोले सर्वसाधारण भागाभाग गरेका थिए। भूकम्पको धक्का बागलुङ र गुल्मी‌ सम्म महसुस गरिएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय