रुपन्देहीमा लुम्बिनी प्लम्बिङ तथा विद्युतिय स्वतन्त्रकर्मी सघंको गठन

रुपन्देहीमा लुम्बिनी प्लम्बिङ तथा विद्युतिय स्वतन्त्रकर्मी सघंको गठन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– सागर भण्डारी

बुटवल: रुपन्देहीमा लुम्बिनी प्लम्बिङ तथा विद्युतिय स्वतन्त्रकर्मी सघंको गठन गरिएको छ। शनिवार प्लम्बीङ तथा विद्युतिय क्षेत्रमा संलग्न व्यवसायीहरुको भेलाले प्रकाश थापा अध्यक्ष रहेको १३ सदस्यीय नयाँ कार्य समितिको गठन गरेको हो।

जसको उपाध्यक्षमा कमला बेल्वासे, सविचमा युवराज गुरुङ,सहसचिवमा कमल पाण्डे र कोषाध्यक्षमा रविन आले लगायत अन्य सदस्यहरु रहनुभएको छ।

भेलामा सहभागीहरुले प्लम्बिङ र विद्युतिय क्षेत्रको व्यापार व्यवसायहरुलाई व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि एवम् समाजसेवी नारायण भण्डारीले जोखिममा मोलेरै पनि यस क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यवसायीहरु एकजुट हुनुपर्ने बताउनुभएको थियो।

नवगठित समितिका अध्यक्ष थापाले पेशागत र व्यवसायिक हक हीत र उत्थानका लागि सबै मिलेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा कोश बहादुर बस्नेत, पुष्प कुमार गुप्ता लगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम आसिस भट्टराईको स्वागत, प्रकाश थापाको अध्यक्षता र युवराज गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।


Author
सागर भण्डारी बडिगाड अनलाइन का समाचार प्रमुख हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय