– गोविन्द कंडेल
गुल्मी- मुसिकोट नगरपालिका वडा नं. ५ मा आर्थिक वर्ष २०७७/७८ अन्तर्गत हाल सम्म सम्पन्न भएका योजनाहरूको सार्वजनिक सुनुवाइ कार्यक्रम आज सम्पन्न भएको छ।
मुसिकोट नगरपालिकाको वडा नं. ५ मा यस वर्ष कार्यान्वयन हुने गरी वजेट विनियोजन भएका तिन वटा योजनाहरूको आज संयुक्त रूपमा सार्वजनिक सुनुवाइ गरिएको हो ।
आज सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएका योजनाहरू क्रमश तल्ला फाँट आँपचाैर मोटरबाटो रू ९,००,०००/-, पँधेरा- भँडार वन – सिद्भेश्वर मोटरवाटो रू ५,००,०००/-, वडा स्तरियो मोटरवाटो सरसफाइ योजना रू ६,००,००००/- रहेका छन ।
उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा उपभोक्ता समितिहरूको तर्फवाट तल्ला फाँट आँपचैर मोटरबाटो योजनाका अध्यक्ष राजु गुरूङ, पँधेरा- भँडार वन – सिद्भेश्वर मोटरवाटो योजनाका सचिव इन्द्रमणी अर्याल, वडा स्तरिय मोटरवाटो सरसफाइ योजना अध्यक्ष हिरालाल अर्यालले आम्दानी र खर्चको विवरण पेश गर्नु भएको थियो।

मुसिकोट नगरपालिकाले विकास निर्माण योजना अन्तर्गतका कामहरू गुणस्तरिय र पारदर्शी हुन भन्ने उद्येश्यले रू ३ लाख भन्दा ठुला योजनाहरूको वडा स्तरिय रूपमा सार्वजनिक सुनुवाइ गर्ने गरेको छ भने साना योजनाहरूको उपभोक्ता समितिले भेला मार्फत आम्दानी खर्चको विवरण सार्वजनिक गर्ने गर्दछन ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख कमला शर्माले वजेटको सिमा भित्र रही तोकिएको समयमा काम सम्पन्न गरेका समिति हरूलाइ वधाइ व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जनताले तिरेको कर सरकार सम्म पुगेर पुन विकास योजनाहरूको रूपमा जनता सामु आउने वजेटको यो चक्रले नै देश समृद्ध वन्ने धारणा व्यक्त गर्दै तोकिएको समयमा काम सम्पन्न गरेका समितिहरूको कामको प्रसंशा गर्नु भएको थियो ।
कार्यक्रमका सभाध्यक्ष समेत रहनु भएका मुसिकोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष भागिरथ खरेलले समयमै काम सम्पन्न गर्न अहोरात्र खटिने उपभोक्ता समितिका पदाधिकारी हरूलाइ धन्यवाद व्यक्त गर्नु भयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं. ५ का वडा सचिव विस्नु प्रसाद खरेलको सञ्चालनमा सम्पन्न भएको थियो।





