गुडिरहेको जिपलाई पहिरोले पुरेपछि – पुरा विवरण

गुडिरहेको जिपलाई पहिरोले पुरेपछि – पुरा विवरण

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

मकवानपुरमा कुदिरहेको जिपलाई पहिरोले पुरेको छ । काठमाण्डौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको जिप मकवानपुरको भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका–२ स्थित देउराली नजिकै पहिरोले पुरिएको हो। कुदिरहेको जिप पहिरोले पुरिदा उक्त जिप चालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठका अनुसार मृत्यु हुने जिप चालकको परिचय अझै खुलेको छैन। यस्तै भिमफेदी–कुलेखानी सडकको देउराली नजिक पहिरो खस्दा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ९७ प ५१४८ नम्बरको मोटरसाइकल समेत पुरिएको र सामान्य घाइते भएका मोटर साइकलमा सवार दुईजनालाई उद्दार गरि उपचारका लागि काठमाडौं पठाईएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय